Notice » Notice

हेटौंडा खानेपानी व्यवस्थपापन बोर्डको सूचना

यस बोर्ड अन्तर्गत हेटौंडा वडा नं. २ स्थित रोप्वे अगाडी बिच्छाइएको मेन पाइपबाट पानी लिकेज भएको र उक्त पाइप मर्मत कार्य भई रहेको हुँदा मिति २०७७ साल माघ १९ साँझ र २० गते बिहान हरिकुञ्जमा रहेको पुरानो टंकीबाट पानी वितरण गरिएका क्षेत्रहरु मेनरोड, संगमचोक, चौकिटोलको केही भाग र मुख्य बजार क्षेत्रको केही भागमा खानेपानी आपूर्ति बन्द हुने भएको हुँदा यसै सूचना मार्फत जानकारी गराउदै उपभोक्ताहरुमा पर्न जाने असुबिधा प्रति बोर्ड क्षमाप्राप्ती छ ।